Logo
८ जेष्ठ २०८१, मंगलबार
(January 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जंगली बँदेलसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बर्दिवास : पूर्व-पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका-५ मा बँदेलसँग ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बर्दिवास नगरपालिका-५ लक्ष्मीनिया चोकमा जंगली बदेलसँग मोटरसाइकल ठोक्किँदा रौतहट चन्द्रनिगाहपुर नगरपालिका-५ बस्ने ४२ वर्षीय रोशन कुमार काफ्लेको ज्यान गएको रअर्का एक जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

ना ६२ प ७३१९ नम्बरको मोटरसाइकल बर्दिवास नगरपालिकाबाट रौतहटतर्फ जाने क्रममा एक्कासी सडकमा आएको जंगली बँदेलसँग मोटरसाइकल ठोक्किएको र अनियन्त्रित भइ दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटनामा ३५ वर्षीय राजन काफ्ले गम्भीर घाइते भएका छन् । मृतक रोशन र घाइते राजन दाजुभाइ रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी नकुल पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: Jan 8, 2019

प्रतिक्रिया दिनुहोस्