Logo
२२ बैशाख २०८१, शनिबार
(January 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सन्दीपको दुई विकेट तर सिलेट भिक्टरसँग पराजित

काठमाडौं : नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग बिपिएल क्रिकेटमा डेब्यु खेलमानै २ विकेट लिएका छन् । तर उनको टिम सिलेट सिक्सर्स भने कोमीला भिक्टरसँग ४ विकेटले पराजित भएको छ ।

सन्दीपले डेब्यु खेलमा सोयिब मलिक र अनमुल हकलाई आउट गरे। मलिकलाई १३ रनमा आउट गर्दा सन्दीपले हकलाई ५ रनमा बोल्ड गरेका थिए । सिलेटका लागि सर्वाधिक किफायती बलरका रुपमा सन्दिपनै रहे ।

उनले ४ ओभरमा १६ रन खर्चिएका थिए । टस हारेर पहिलो ब्याटिङ गरेको सन्दीपको टिम सिलेटले कोमीला भिक्टोरियन्सविरुद्ध जितका लागि १ सय २८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफमा भिक्टोरियाले १ बल बाँकी छँदा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । सिलेट सिक्र्सकालागि सर्वाधिक रनका रूपमा निकोलास पुरानको ४१ रन रह्यो । कप्तान डेविट वार्नर १४ रनमा नै आउट हुँदा ओपनर लिटोन दास १ रन बनाएर आउट भए ।

आफिफ होसेन र आलोक कपालीको समान १९ रन रह्यो । बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले खेलेका ४ खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । सन्दीपले बिग ब्यासको ४ खेलमा ८ विकेट लिन सफल भएका थिए ।

उनी त्यहाँभन्दा अघिनै बंगलादेशको लिगमा सम्झौता गरेकाले उनी अनुबन्धनअनुसार बंगलादेश पुगेका हुन् ।

प्रकाशित मिति: Jan 6, 2019

प्रतिक्रिया दिनुहोस्