Logo
८ जेष्ठ २०८१, मंगलबार
(January 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ मा किसानको पीडा : खेतमै सुक्न थाल्यो उखु

जनकपुरधाम : किसानले विघौं विघामा लगाएको उखु समयमै कटान हुन नसक्दा खेतमै सुक्न थालेको छ । प्रत्येक वर्ष मंसिर महिनाको दोश्रो सातामा सञ्चालन हुने मिल यस वर्ष पुस महिना वित्न लाग्दा समेत सञ्चालन नहुँदा खेतमै उखु सुकेर खेर जान थालेको हो ।

प्रदेश २ मा रहेको ८ वटा चिनिमिल मध्ये हाल सम्म एउटाले पनि उखु क्रसिङ्ग सिजन सुरु गर्न तरखर नदेखाएपछि खेतमै उखु सुकेर जाने त होईन, भन्ने पिरले महोत्तरी सहित प्रदेश २ का उखु किसान चिन्तित भएका छन् ।

मंसिर–पुसमै महिनामै काटान गर्नेुपर्ने उखु हाल सम्म कटान हुन नसक्दा खेतमै सुक्न थालेपछि उनीहरु चिन्तत भएका हुन् । उखु मिलले समयमै उखुको पैसा नदिने र बेलैमा उखु नकिन्ने समस्याले गर्दा प्रत्येक वर्ष आफुहरुले दोहोरो घाटा व्यहोर्नु परेको महोत्तरी गौशाला नगरपालिका वडा नं. १ का किसान हरिश्चन्द्र महतोले बताए ।

उनले भने, ‘पुस महिना बित्नै लाग्दा समेत चिनी मिलले कृषकलाई उखु काट्ने कुनै सुरसार नगरेका कारण उखु खेतमै सुक्ने त होईन् भन्ने डर छ ।’ सिँचाइ अभावका कारण आफूहरु उखु लगाउन बाध्य भएकोमा आफुहरुबाट मिलले बाध्यकारी स्थितिमा फाईदा उठाउदै आएको उनको आरोप छ ।

जति समय बित्यो, त्यति उखु हलङ्गो हुने भएकाले चिनी मिलले ढिलो गरिरहेको उखु कृषक राजकिशोर सिंहको भनाइ छ । उखु किसान सिंहले कृषकले चाहेको समयमा उखु काट्न र बेच्न नसक्ने स्थिति आउँदा कृषि पेशा नै अब गाह्रो लाग्न थालेको बताए ।

उनले चिनी मिलले जहिले चाहे उखु काट्ने पूर्जी दियो, त्यही दिन काट्नुपर्ने र उखुको पैसा लिन वर्षौँ कुर्नुपर्ने कृषकहरुको बाध्यतालाई हेपाईको रुपमा सरकार र मिलले लिएको उनको आरोप छ ।

उनले भने, ‘उखु कृषकमाथि चिनी मिलले चरम शोषण गर्दै आएको छ । यस वर्षपनि मिल नचल्दा उखु खेतमै सुकेर जान थालेको छ । र सरकार चिनी मिलको संरक्षकको रुपमा उभिएर किसानलाई मार्नै लागेको छ ।’

अहिले उखु क्रसिङ गर्ने उत्तम समय भनेको मंसिर दोश्रो साता हो । यो समय वितेको झण्डै महिना दिन भन्दा समय वित्न लाग्यो । तर, पनि उखु मिल संचालनमा नआउँदा उखु किसानहरु अन्यौलमा परेको उखु उत्पादक संघ महोत्तरी रामनगरका अध्यक्ष नरेश सिंह बताउँछन ।

साहु महाजन कहाँबाट चर्काे व्याजदरमा ऋण लिएर गरेको उखु खेती अहिले खेतमै सुकिरहदाँ किसानहरुलाई ऋणको ब्याज र घर व्यवहार समेत मिलाउन समस्या भएको उनको गुनासो छ ।

विगतमा मंसिरमै उखु मिलहरु संचालनमा आई उखु क्रसिङ्ग गर्ने गर्दथे तर अहिले सम्म उखु मिल संचालनमा नल्याउँदा किसानहरु अन्यौलमा परि ठुलो मर्कामा परेका छन ।

सरकारले समयमै उखुको उचित मुल्य निर्धारण गर्न र उखु मिलहरुलाई तत्काल संचालनमा ल्याउन पहल गरिदिन उखु उत्पादक कृषक रामनगरका अध्यक्ष सिंहको सरकार माग छ ।

एका तर्फ सरकारले अहिले सम्म उखुको उचित मुल्य निर्धारण नगर्नु अर्काे तर्फ चिनी मिलका संचालकहरु आलटाल गर्दै अहिले सम्म मिल संचालन नगर्नुले मिल चल्ला कि नचल्ला भनि किसानहरु अन्यौलमा परेका छन् ।

मिल समयमै संचालनमा नआउँदा किसानहरु गहुँ, मसुरो, केराउ र तोरी खेती सिजन सकेर सो खेतीबाट बन्चित त भए नै यता खेत मै उखु सुकेर किसानहरुलाई थप घाटा भैरहेको झण्डै ४० विघामा उखु खेती गरेका गौशाला नगरपालिकाका अर्का किसान महाशंकर थिङ्गले दुःखेसो पोखे ।

यता सरकारले किसानहरुलाई दिएको अनुदान रकम प्रति क्वीन्टल ६५.२८ रुपैया झन्झटिलो प्रक्रियाका कारण किसानहरुले सो अनुदानको रकम पाउन सकेका छैन ।

प्रकाशित मिति: Jan 6, 2019

प्रतिक्रिया दिनुहोस्