Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वायु सेवा निगमका महाप्रबन्धक कंसाकारलाई उनकै कार्यकक्षमा कालोमोसो

काठमाडौँ  : वाइड बडी विमान अनियमितता प्रकरणमा मुछिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई उनकै कार्यकक्षमा कालोमोसो दलिएको छ ।

तीन जनाको समूहमा आएकाहरुले शुक्रबार दिउँसो ४ बजे सुन्धारा पुगेर कालोमोसो दलेका हुन् । प्रहरीले घटनामा मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा संगठनको संलग्नता रहेको आशंका गरेको छ ।

घटनामा संलग्न भएका व्यक्तिको खोजी भइरहेको महानगरिय प्रहरी कार्यालयकी प्रवक्ता एसएसपी पूजा सिंहले जानकारी दिइन् । लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी खरिदमा निगमका महानिर्देशक कंसाकारको नेतृत्वमा चार अर्ब ३५ करोड ५६ लाख भ्रष्टाचार गरेको निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति: Jan 4, 2019

प्रतिक्रिया दिनुहोस्