Logo
९ जेष्ठ २०८१, बुधबार
(December 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जलश्रोतको धनी देश नेपालका नागरिक खानेपानीका लागि भारत जान बाध्य

दाङ : जलश्रोतको धनी देश भनेर चिनिएका नेपालका नागरिक खानेपानीका लागि भने भारत जान बाध्य छन् । प्रदेश ५ को दाङ स्थित ढुंगा उत्खनन्ले कोइलावास खोला गहिरिएको छ । कुनै समय खोलाको पानी सहजै उपभोग गर्न सक्ने यहाँका नागरिकलाई खोला गहिरिएपछि पानी उपभोगमा समस्या परेको छ ।

अनियन्त्रित ढुंगा उत्खननले खोला गहिरिएपछि त्यसको असर पानीको स्रोतमा देखीन पुग्यो । कुवा र नल्का सबै सुके । अब यहाँका बासिन्दालाई खानेपानीको लागि भारतको भर पर्नुपरेको छ । कोइलावासमा रहेको सुकेको कुवाभारतीय सीमा सुरक्षा बल एसएसबिको क्याम्पबाट पानी ल्याएर नागरिक र सीमा सुरक्षा गर्न खटिएका नेपाली सुरक्षाकर्मीले पानी खानु परेको छ ।

कोइलावासमा भरपर्दो पानीको स्रोत नहुँदा भारतीय सीमा सुरक्षा बल एसएसबीको क्याम्पबाट पानी बोकेर खानुपर्ने बाध्यता रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट कोइलाबासका प्रमुख ईश्वरप्रसाद खनालले बताए । ‘भरपर्दाे पानीको स्रोत छैन् । पहिले दखिनै एसएसबीले उपलब्ध गराएको पानी खाने गरिएको छ’उनले भने–‘गर्मी सिजनमा त झनै असहज हुन्छ ।’

कोइलावासमा पानीको स्रोत खोजी गर्ने काम गरिएको गढवा गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष सद्धाम सिद्धिकीले बताए ।‘सीमा विकास कार्यक्रमबाट ३० लाखको लगानीमा डिप बोरिङ्ग गाडेका छौं । २ ईञ्च पानी आएको छ’उनले भने–‘यो पानीलाई पानी ट्याङकीमा जम्मा गरेर पाइप विस्तार गरेर उपभोक्ता माझ पुर्‍याउन बजेट नहुँदा समस्या परेको छ ।’

एक सय ७५ मिटर गहिरो पाइप गाडिएको छ । ढुंगा उत्खनन् गरेर भारत निकासी भएपछि खोला गहिरिन पुग्दा जमिन मुनिको पानी समेत घटेको छ । जसको असर जमिन मुनीको पानी समेत घट्न पुगेको छ ।‘पुराना कुवामा पानी सुकेको छ । यो डिप बोरिङ्गबाट पानी प्रशस्त आएको छैन्’स्थानीय संगिता कहरले भनिन्–‘जनसंख्या बढ्यो भने यो पानीले पनि पुग्दैन् ।’

कोइलावासमा अहिले मानव जनघनत्व निकै कम छ । यो नाका सञ्चालनमा आएमा जनघनत्व बढ्न सक्ने र पानीको चरम संकट उत्पन्न हुन सक्ने देखिएको छ ।

प्रकाशित मिति: Dec 31, 2018

प्रतिक्रिया दिनुहोस्