Logo
३० बैशाख २०८१, आईतबार
(December 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सार्वजनिक बिदामा भयो जिल्ला अस्पताल नै बन्द

हुम्ला : हुम्लामा रहेको एक मात्र जिल्ला अस्पतालले आज सार्वजनिक बिदा भन्दै बन्द गरेको छ । गुरुङ समुदायले मनाउँदै आएको तमु ल्होसारमा सरकारले सार्वजनिक बिदा दिएको भन्दै जिल्ला स्वास्थ्य कार्यालय बन्द गरेकाले अस्पतालले बिदा गरेको चिकित्सक सरो प्रजापतिले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारले गुरुङ समुदायलाई सार्वजनिक बिदा दिइएको घोषणा गरे पनि सीमकोटमा रहेको जिल्ला अस्पतालले पनि आज सार्वजनिक बिदा भन्दै बन्द गरेको हो ।

अस्पताल बन्द गरिँदा बिरामीले सास्ती बेहोरेका छन् । जिल्ला अस्पताल हुम्लाको इमरजेन्सी कक्ष बाहेक सबै सेवा बन्द गरिएको बताइएको छ । जिल्लामा रहेका अन्य सरकारी कार्यालय भने सञ्चालनमा आएका छन् ।

प्रकाशित मिति: Dec 30, 2018

प्रतिक्रिया दिनुहोस्