Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वराजा ज्ञानेन्द्र शाहका गतिविधिमा रोक लगाउन सांसद रावलको माग

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहका गतिविधिमा रोक लगाउन सरकारको नेतृत्व गरिरहेको राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टीका सांसद झपटबहादुर रावलले माग गरेका छन् ।

संघीय संसद प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद रावलले पूर्वराजा विभिन्न ठाउँमा गएर राजतन्त्र फर्काउने गतिविधिमा लागेको आरोप लगाउँदै त्यस्ता गतिविधिमा रोक लगाउन सभामुखमार्फत सरकारसँग माग गरेका हुन् ।

शाह धर्म प्रचारमा लागेको र सोही आवरणमा राजतन्त्र फर्काउने गतिविधि पनि गरिरहेको रावलको भनाइ थियो । पूर्वराजाले पनि संविधानभित्र बस्नुपर्ने भन्दै सांसद रावलले त्यसो नदेखिएकाले सरकारलाई त्यस्ता गतिविधिमा नियन्त्रण गर्न संसदले सरकारलाई निर्देशन दिनुपर्ने माग गरेका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाह हाल कास्की जिल्लाको पोखरामा रहको छन् । उनी त्यहाँ धार्मिक र पारिवारिक कार्यक्रममा सहभागी हुने बताइएको छ । उनी त्यहाँ १६ दिन बस्ने कार्यक्रम रहेको बताएको छ ।

प्रकाशित मिति: Dec 28, 2018

प्रतिक्रिया दिनुहोस्