Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुरु भयो धरहरा पुन निर्माण, प्रधानमन्त्री ओलीद्वारा शिलन्यास [६ तस्बिर सहित]

काठमाडौँ : २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पले भत्काएको धरहरा पुनर्निर्माणको औपचारिक सुरुवात भएको छ । भूकम्प गएको झण्डै चार वर्ष पुग्न लाग्दा धरहरा पुनर्निर्माणको औपचारिक थालनी भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ साल वैशाख १२ गतेको भूकम्पका कारण ध्वस्त भएको धरहराको शिलन्यास आज गरेका छन् । धरहरा निर्माण स्थलमा विशेष पूजासहित प्रधानमन्त्री ओलीले शिलन्यास गरेका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समन्वयमा धरहराको पुनर्निर्माण हुने लागेको हो । भूकम्प गएको ठ्याक्कै तीन वर्ष ८ महिना भएको छ । धरहराका लागि जग खन्ने काम अन्तिम चरणमा पुगेको छ ।

प्रधानमन्त्री ओलीले २०७२ फागुन २ गते मेरो धरहरा म आफै बनाउँछु भन्ने अभियानको थालनी गरेका थिए । अभियानको कोषमा अहिलेसम्म २४ करोड रुपैयाँ जम्मा भएको छ । धरहरा पुनर्निर्माणका लागि तीन अर्ब ४२ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको नयाँ धरहरा २२ तलाको हुनेछ । भीमशेन थापाले बनाएको ११ तले धरहरा १९९० सालको भूकम्पमा भत्किएर ९ तलामा सीमित भएको थियो ।

प्रकाशित मिति: Dec 27, 2018

प्रतिक्रिया दिनुहोस्