Logo
१६ बैशाख २०८१, आईतबार
(December 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शेयर बजारसँग सम्बन्धित अधिकांस मागलाई संबोधन गर्दै राष्ट्र बैंक

काठमाडौं : अर्थमन्त्रालयको कार्यदलले दिएको सुझाबमध्ये राष्ट्र बैंकले शेयर बजारसँग सम्बन्धित अधिकांस मागलाई संबोधन गरेको छ। कार्यदले दिएको ५८ बुँदे सुजाब मध्ये २७ वटा राष्ट्र बैंकले कार्यान्वयन गर्नु पर्ने खालका छन ।

स्प्रेड दर घटाएर यसको गणना मासिक गर्न निर्देशन दिइएको छ । संस्थागत निक्षेपको सीमा ४५ बाट बढाएर ५० पुर्याइएको छ। आधार दर गणना विधि परिमार्जन गरि अहिलेकै अवस्थामा पनि ऋणको ब्याज ०.७५ प्रतिशत बिन्दुले कम गरिएको छ ।

यसैगरी शेयर धितो ऋण दिँदा मूल्यांकनको ५० प्रतिशतको सीमालाई बढाएर ६५ प्रतिशत पुर्याइएको छ। रिक्स वेटेजलाई १५० बाट झारेर १०० प्रतिशत गरिएको छ ।

शेयर धितो ऋण दिने सीमा बढाइएको छ । कोर क्यापिटलको २५ प्रतिशत दिन पाउने ब्यवस्थालाई परिमार्जन गरि ४० प्रतिशत पुर्याइएको छ। यसैगरी बैंकहरुलाई सहायक कम्परनी खोली शेयर ब्रोकरको काम गर्न खुला गरिएको छ ।

प्रकाशित मिति: Dec 26, 2018

प्रतिक्रिया दिनुहोस्