Logo
५ जेष्ठ २०८१, शनिबार
(December 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निजी विद्यालयबाट छोराछोरी निकाल्दै अभिभावक, सामुदायिक विद्यालयमा भने पढाउन नै मुस्किल

काठमान्डौ : गुणस्तरीय शिक्षाको खोजीमा अभिभावकहरू बालबालिका निजी विद्यालयमा पढाउन लालायित हुने गर्छन् । बर्तमान समयमा धमाधम निजी विद्यालयमा सर्दा सामुदायिक विद्यालय रित्तिएका छन् ।

विद्यालयमा विद्यार्थी अपसग भएकै कारण कतिपय सामुदायिक विद्यालय गाभिएका छन् । तर पर्वतको बिहादी गाउँपालिका सन्दर्भमा भने यो कुरा लागू हुँदैनन् । सामुदायिक विद्यालयका कारण निजी विद्यालयलाई विद्यार्थी पाउन नै मुस्किल भएको छ । चालू शैक्षिकसत्र देखि गाउँपालिकाका ३२ सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाउन थालिएको छ ।

सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यमको पढाइ सुरु गरेपछि पछिल्ला दिनमा निजी विद्यालय नै ‘मर्ज’को अवस्थामा पुगेका छन् । गाउँपालिकाले कक्षा एकदेखि तीनसम्म सबै विद्यालयमा अंग्रेजी माध्यम अनिवार्यगरेको छ । सकी नसकी निजी विद्यालयमा बाल बालि का भर्ना गराएका अभिभावकले पनि छोराछोरीलाई सामुदायिक विद्यालयमा सारेका छन् ।

सामुदायिक विद्यालयमा विद्यार्थी नआउने र अंग्रेजी पढाउनकै लागि अभिभावकले बालबालिका बोकेर बजार झर्न थालेपछि एकै पटक सबै विद्यालयमा अंग्रेजी माध्यममा पढाउन शुरु गरिएको गाउँपालिकाका गाउँ शिक्षा अधिकृत कृष्णप्रसाद आचार्यले बताए ।

‘सामुदायिक विद्यालय खाली हुँदै गएपछि सुधारका लागि अंग्रेजी माध्यममा पढाउन थालेका हौँ’, उनले भने ‘त्यसको प्रभाव अहिले नै देखिन थालेको छ, सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढेको छ ।’

गाउँपालिकाले विद्यालयहरुमा अंग्रेजी माध्यममा पढाउन सुरु गरेपछि बिहादी २ बर्राचौरमा कक्षा ३ सम्म सञ्चालनमा रहेको बिहादी बोर्डिङ स्कुल यसै वर्ष बन्द भएको छ । उक्त विद्यालयका सबै विद्यर्थी नजिकै रहेको आम्बारी माविमा सरेपछि निजी विद्यालय बन्द भएको आम्बारी माविका प्रधानाध्यापक गणेश पौडेलले बताए ।

प्रकाशित मिति: Dec 26, 2018

प्रतिक्रिया दिनुहोस्