Logo
५ जेष्ठ २०८१, शनिबार
(December 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेपछि वीरगञ्‍ज तनावपूर्ण

पर्सा : वीरगञ्‍जको माईस्थान विद्यापीठ माविका विद्यार्थी र प्रहरीबीच झडप भएको छ । विद्यार्थीको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेपछि विद्यार्थीहरूले घण्टाघरमाअगाडि जम्मा भएर विरोध जारी राखेका हुन् ।

झडपका क्रममा एक प्रहरी घाइते र ४ विद्यार्थी घाइते भएका छन् । घाइते हुने प्रहरीमा मुकेश यादव र घाइते विद्यार्थीहरूमा सोनी सिंह, रोहित चौरासिया, सुवेस झा र सिद्धार्थ सराथ रहेको वडा प्रहरी कार्यालय श्रिपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । घाइतेहरुको हाल उपचार भइरहेको बताइएको छ ।

माईस्थानका विद्यार्थीहरु विद्यालय परिसरबाट प्रधानाध्यापक विनोद मेहताको सरुवाको विरोध गर्दै वीरगञ्‍ज महानगरतर्फ जाने क्रममा हरिखेतन क्याम्पसअगाडि र वीरगञ्ज महानगरअगाडि झडप भएको हो ।

प्रकाशित मिति: Dec 26, 2018

प्रतिक्रिया दिनुहोस्