Logo
५ जेष्ठ २०८१, शनिबार
(December 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाँकेमा पहिलो आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना

नेपालगञ्ज : स्थानीय तहमा आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालन गर्ने राप्ती सोनारी गाउँपालिका बाँकेमा पहिलो भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मदन भुजेलले गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रको हस्तान्तरण गरेका छन् ।

स्थानीय विपद् व्यवस्थापन समितिले सञ्चालन गर्ने केन्द्रले गाउँपालिका क्षेत्रभित्र प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपबाट हुनसक्ने विपद्बाट सर्वसाधारणको जिउ, निजी, सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति प्राकृतिक एवं सांस्कृतिक सम्पदा र भौतिक संरचना जोगाउन मद्दत पुग्ने बताइएको छ ।

गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले राप्ती नदी तथा अन्य नदीनालाबाट कटान डुबानजन्य प्रकोप हुने गरेकाले मानवीय तथा भौतिक संरचनाको क्षति कम गर्न केन्द्र स्थापना गरिएको बताए ।

केन्द्र सञ्चालनका लागि ‘सेभ द चिल्ड्रेन’ र बाँके युनेस्को क्लबले आवश्यक उपकरण तथा अन्य जिन्सी सामान उपलब्ध गराएको क्लबका कार्यक्रम अधिकृत दीपेन्द्र चौधरीले जानकारी दिए ।

प्रकाशित मिति: Dec 25, 2018

प्रतिक्रिया दिनुहोस्