Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेलम्ची खानेपानी आयोजना इटालियन ठेकेदार कम्पनीलाई दिन तयार

काठमाडौं : खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजना इटालियन ठेकेदार कम्पनीलाई दिन आफुहरु तयार रहेको बताएकी छिन् ।

मन्त्री मगरले सफलताको मुखैमा पुगेको मेलम्ची खानेपानी आयोजनामा देखिएको पछिल्लो समस्या विज्ञहरुको परामर्शको आधारमा समाधान गर्ने योजना पनि अघि सारेकी छिन् ।

वास मिडिया फोरम, नेपालको सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले इटालियन ठेकेदार कम्पनी ‘सिएमसी’बाटै सो आयोजनाको काम सम्पन्न गर्न तयार रहेको उल्लेख गर्दै त्यसका लागि कम्पनीले विस्वासको वातावरण तयार गर्नुपर्ने बताइन् ।

सिएसी कम्पनीको अविश्वासका कारण सो आयोजनाको काम पछिल्लो समयमा आएर अघि बढन नसकेको मन्त्री मगरले बताए । मुखैमा आइसकेको सो आयोजनाको बाँकी काम सम्पन्न गर्न सरकार लालायित रहेको पनि उल्लेख गरिन् । मेलम्ची खानेपानी आयोजनाबाट नाजायज फाइदा लिन कसैलाई नदिइने दृढता पनि मन्त्री मगरले व्यक्त गरिन् ।

प्रकाशित मिति: Dec 24, 2018

प्रतिक्रिया दिनुहोस्