Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय उद्यमशील महिला मेलामा भयो २५ लाख भन्दा बढिको कारोवार

ललितपुर : स्थानीय तहले राष्ट्रिय उद्यमशील महिलालाई लक्षित गरि आयोजना गरिएको कार्यक्रमा रु २५ लाख भन्दा बढिको कारोवार भएको छ ।

उक्त कार्यक्रममा खानेपानीमन्त्री बीना मगरले नेपाली महिलाद्वारा उत्पादित कपडा प्रवद्र्धन गर्न आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

नेपाल उद्यमशील महिला महासङ्घले आइतबार आयोजना गरेको ‘राष्ट्रिय उद्यमशील महिला मेला, २०७५’ को समापन गर्दै मन्त्री मगरले सरकारमा रहेका महिलामन्त्रीले महिला उद्यमीद्वारा उत्पादित कपडा लगाएर प्रवद्र्धन गर्ने उद्देश्य राखेको बताए । उनले महिला उद्यमीका उत्पादन आधुनिक बनाउँदै जानुपर्नेमा समेत जोड दिए ।

महासङ्घका अध्यक्ष देवीका बुढाथोकीले देशभरमा महिला उद्यमीको सङ्ख्या बढिरहेको बताए । स्थानीय तहसँग सहकार्य गरेर महिला उद्यमीले थप दक्ष बन्न सक्छन् । उनले भने, “स्थानीय तहले महिला उद्यमी लक्षित कार्यक्रम गर्नुपर्छ ।”  चार दिन अघि शुरु भएको मेला आइतबार सकिएको हो ।

प्रकाशित मिति: Dec 24, 2018

प्रतिक्रिया दिनुहोस्