Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतले विद्य‌ुत निर्देशिकामा गर्‍यो परिमार्जन, नेपालको विद्य‌ुत व्यापारमा सहज

काठमाडौ : भारतले क्रस बोर्डर विद्य‌ुत व्यापार आयात निर्यात निर्देशिका परिमार्जन गरेको छ । २०१६ डिसेम्बर ५ मा जारी गरेको निर्देशिका परिमार्जन गरेसँगै नेपालालाई भारत लगायत तेश्रो मुलुकमा विद्युत व्यापारमा सहज पुगेको छ ।

यसअघिको निर्देशिकामा भारत निर्यात गर्ने विद्युतमा ५० प्रतिशत लगानी भारतको पनि हुनुपर्ने जस्ता प्रावधान हटाइएको छ । यस्तै भारतको स्विकृतिमा भारतीय भूमि प्रयोग गरेर तेश्रो मुलुकमा विद्युत प्रसारण लाइन लैजान सकिने व्यवस्था पनि नयाँ निर्देशिकामा छ ।

नेपालको पक्षमा नरहेका केही बुँदा परिमार्जन गरिएको उर्जा जलश्रोत ताथा सिंचाई मन्त्रालयले जनाएको छ । नेपालको विद्य‌ुत् अन्य देशमा समेत व्यपार गर्ने बाटो खुल्ला गरिदिन उर्जा मन्त्री वर्षमान पुनले भारतलाई आग्रह गर्दै आएका थिए ।

भारतको परिमार्जित निर्देशिकाले नेपालको बजार बिस्तार भएको र यसबाट विदेशी लगानीकर्तालाई आकर्षित गर्न सकिने उर्जा मन्त्री पुनकाे विश्‍वास छ ।

प्रकाशित मिति: Dec 23, 2018

प्रतिक्रिया दिनुहोस्