Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरमा नेपाल जेसिजको ४५ औँ राष्ट्रिय महाधिवेशन सुरु

धनुषा : जनकपुरमा शनिबारदेखि शुरु भएको नेपाल जेसिजको ४५ औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । उक्त अधिवेशनमा पूर्व राष्ट्रपति डा. रामवरण यादवले देश बनाउन सबै नेपाली एकजुट भएर अघि बढनुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।

महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले देश सङ्घीयतामा गइसकेको बेला विकासलगायत अन्य कार्य अझै मजबुतीका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले जेसिजले नेतृत्व कसरी गरिन्छ त्यो सिकाउने गरेकाले समाजका अन्य वर्गका व्यक्तिले पनि यसबाट शिक्षा लिनुपर्ने बताए । समारोहमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको विकास पर्यटकले मात्रै हुने भएकाले यसमा जोड दिनुपर्ने बताए ।

प्रदेश राजधानी जनकपुरमा ‘हो हामी चम्किन्छौं, थप जिम्मेवारीका साथ’ भन्ने मूलनाराका साथ शनिबारदेखि नेपाल जेसिजको राष्ट्रिय महाअधिवेशन जनकपुरधामको तिरहुतिया गाछीमा शुरु भएको छ ।

अबेर राति सम्पन्न उद्घाटन सत्र उक्त महाधिवेशनमा ७७ जिल्लाका जेसिज सहभागी रहेका छन् । अधिवेशन पुस १० सम्म चल्ने छ।

प्रकाशित मिति: Dec 23, 2018

प्रतिक्रिया दिनुहोस्