Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडाैं समेत अासपासमा भूकम्पकाे धक्का महसुस

काठमाडाैँ : राजधानी काठमाडाैं लगायत अासपासका क्षेत्रमा अाज बिहानै भूकम्पकाे धक्का महसुस गरिएकाे छ ।

अमेरिकन जियाेलाेजिकल सर्भेले भक्तपुर केन्द्रविन्दू बनाएर अाज अाइतबार बिहान ४ म्याग्निच्युडकाे भूकम्प गएकाे जनाएकाे छ ।

सर्भेका अनुसार स्थानीय समय बिहान करिब ५ बजेर ६ मिनेट (UTC 23:21) मा साे धक्का महसुस गरिएकाे हाे ।

तर राष्ट्रिय भूकम्प मापन केन्द्रले चाहिँ सिन्धुपाल्चाेक केन्द्रविन्दू बनाएर ५ बजेर ६ मिनेटमा (UTC 23:21) भूकम्प गएकाे जनाएकाे छ ।

साे धक्का ४.७ रेक्टर स्केलकाे रहेकाे केन्द्रले जनाएकाे छ । याे धक्का पनि २०७२ सालकाे गाेरखा बारपाक भूकम्पकै परकम्प रहेकाे जनाइएकाे छ ।

यद्यपि केन्द्रकाे मिति हिजाे शनिबारकै राखिएकाे छ भने अमेरिकन सर्भेकाे मिति अाइतबार (आज) काे राखिएकाे छ ।

यसले भूकम्प हिजाे बेलुका पनि गएकाे हाे कि अाज बिहान मात्रै भन्ने अन्याैल बढाएकाे छ । यी दुर्इकाे मापनमा UTC मात्र मेल खाएकाे छ भने केन्द्रविन्दू र स्केल पनि फरक छ ।

प्रकाशित मिति: Dec 23, 2018

प्रतिक्रिया दिनुहोस्