Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ललितपुरको प्रहरी प्रभागमा गोली चल्यो, असई तामाङ नियन्त्रणमा, अनुसन्धान जारी

काठमाडौं : ललितपुर स्थित लाकुरीभञ्ज्याङ्ग प्रहरी प्रभागमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी जवान रोशन श्रेष्ठ छन् । काठमाडौं विपद व्यवस्थापनमा कार्यरत उनी लाकुरीभञ्ज्याङ्ग प्रहरी प्रभागका इञ्जार्ज असई रमेश तामाङलाई भेट्न आएका थिए ।

उनीहरु गृहजिल्ला दोलखाका साथी हुन् । घाइते प्रहरी जवान श्रेष्ठको मेट्रो प्रहरी अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको ललितपुर प्रहरी परिसरका एसपी शेखर खनालले जानकारी दिए ।

कार्यालयभित्रकै बेडरुममा बसिरहेको बेला तामाङको पेस्तोलको म्यागजिन अनलोड गर्ने क्रममा पेस्तोल पड्किएर श्रेष्ठको गालामा लागेको बताइएको छ । तामाङलाई नियन्त्रणमा लिएर सातदोबाटो प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

अनुसन्धानका लागि सातदोबाटोस्थित प्रहरी कार्यालयका डीएसपी गौतम मिश्रको कमाण्डमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

प्रकाशित मिति: Dec 22, 2018

प्रतिक्रिया दिनुहोस्