Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भयानक त्वरबाट हत्या गरिएको अवस्थामा महतोको शव फेला

प्रदेश नम्बर २ स्थित सर्लाही जिल्लामा एक युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । सर्लाहीको बरहथवा न पा ५ स्थित हाथिडन्डा बालमचोकका मालिक महतो हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

स्थानिय रामबिलाश महतोको ३० वर्षीय छोरा मालिकको टाउको क्षतविक्षत रहेको अवस्था शव फेला परेको हो । सोही वडाको सोति पूल (चोरनिया पूल) को पश्चिम पटीको सडकमा उक्त शव फेला परेको हो ।

धारिलो हतियारले टाउको क्षत विक्षत बनाएको अवस्थामा घर नजिकैकै सडकमा शनिबार बिहान महतोको शव फेला परेको छ। हत्या घटनाबारे बिहान ४ बजे थाहा भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक आमोद खैरवारले जानकारी दिए ।

नयाँरोड-बरहथवा सडकखण्डबाट हात्तीडण्डा तर्फ जाने भित्रीबाटोमा टाउको क्षत विक्षत भई घोप्टो परेर लडेको अवस्थामा महतोको शव फेला परेको छ ।

जिल्लाकै जिरायतमा निजीविद्यालय सञ्चालन एवं अध्यापन समेत गर्दै आएका महतोको हत्यामा संलग्नको पहिचान एवं खोजी कार्य सहित घटनाबारे गम्भीर ढंगले अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खैरवारले बताए ।

प्रकाशित मिति: Dec 22, 2018

प्रतिक्रिया दिनुहोस्