Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाङमा यसरी भयो बस दुर्घटना, मृत्यु हुनेको संख्या १७ पुग्यो (फोटो-फिचर)

दाङमा शुक्रवार साँझ भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । घटनास्थलमा उद्वारका लागि पुगेका ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डिएसपी प्रेम शाहीसँग सम्पर्क राख्दा उनले ३ जना महिला र १४ जना पुरुषसहित १७ जना मृतकको शव फेला परेको जानकारी दिए ।

घटनामा परेका १३ जना गम्भीर घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पतालमा लगिएको जनाइएको छ । त्यसमध्ये ८ जना पठाइसकेको र ५ जना लगिदै गरिएको प्रहरीले जनाएको छ । घाइते हुनेमा ९ जना महिला र ४ जना पुरुष रहेको बताइएको छ ।

शहिद कृष्णसेन प्राविधिक विद्यालयका शिक्षक तथा विद्यार्थीसहितको टोली चढेको बस सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमणबाट फर्किने क्रममा दुर्घटनामा परेको हो ।

विद्यालयले ३२ जना विद्यार्थी र २ जना शिक्षक र १ जना चालक र १ जना सहचालक बसमा सवार रहेको बताएको डिएसपी शाहीले बताए । बसमा बीच बाटोबाट समेत केही यात्रु चढेको आशंका प्रहरीले गरेको छ ।

सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा४ख ९७६६ नं.को बस दुर्घटनामा परी गम्भीर घाइते भएकालाई राप्ती अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कोलपुर लगिँदै । सो दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ । ११ जना गम्भीर घाइते भएका छन । घाइतेमध्ये तीन जनालाई रिफर गरिएको छ । तस्बीर : नारायणी रजौरे, दाङ

दाङको तुलसीपुर–सल्यान सडक खण्डअन्तर्गत तुलसीपुर– ३ राम्रीमा करिब सातसय मिटर तल खखेको बस । दुर्घटनामा १७ जना यात्रुको मृत्यु भएको छ भने १० जना घाइते भएका छन । तस्वीर : दीपक बोहरा, लमही (दाङ)
सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा४ख ९७६६ नं.को बस दुर्घटनामा परी गम्भीर घाइते भएकालाई राप्ती अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कोलपुर लगिँदै । ११ जना गम्भीर घाइते भएका छन । घाइतेमध्ये तीन जनालाई रिफर गरिएको छ । तस्बीर नारायणी रजौरे, दाङ
सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा४ख ९७बmउस६६ नं.को बस दुर्घटनामा परी गम्भीर घाइते भएकालाई राप्ती अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कोलपुर लगिँदै । ११ जना गम्भीर घाइते भएका छन । घाइतेमध्ये तीन जनालाई रिफर गरिएको छ । तस्बीर : नारायणी रजौरे, दाङ

प्रकाशित मिति: Dec 21, 2018

प्रतिक्रिया दिनुहोस्