Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नजिकिदो नेपाल-चीनबीचको सम्बन्धमा दरार ल्याउँदैं अमेरिका, १६ वर्षपछिको वार्ता रहस्य यस्तो

काठमाडौँ : अमेरिका र चीन बिच पछिल्ला दिनहरुमा व्यापारिक युद्ध चलिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पको अमेरिका पहिलो नारालाई अहिले चीनले टक्कर दिन थालेको छ । अमेरिकाले चीनलाई कमजोर बनाउँन कर बढाउने देखि हरेक तरिका अपनाएको छ । चीनको अमेरिका भन्दा बाहेकका देशहरुमा पनि राम्रो व्यापार सम्बन्ध रहेको हुँदा अमेरिका क्रमश आफ्नैं निर्णयबाट पछि हट्दैं छ ।

अमेरिका र नेपालका परराष्ट्रबीच इन्डोप्यासिफिक रणनीतिमा नेपालको केन्द्रीय भूमिका हुने विषयमा भएको छलफललाई कूटनीतिज्ञहरुले नेपाल र चीनबीचको सम्बन्ध कमजोर बनाउने खेलका रुपमा टिप्पणी गरेका छन् । अमेरिका भ्रमणमा रहेका पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइकल रिचार्ड पोम्पेओबीच मंगलबार स्वतन्त्र, खुला र समृद्ध इन्डो-प्यासिफिक र उत्तर कोयिरलगायतका विश्वस्तरीय मुद्दामा नेपालको केन्द्रीय भूमिका हुने विषयमा छलफल भएको थियो ।

चीनसँगको सम्बन्धमा दरार आउँने निश्चित भएपछि अमेरिकाले चीनसँग नजिकको सम्बन्ध भएका चीनका छिमेकी मुलुकहरुमाथि नजर राख्न थालेको छ । चीनले निर्माण गर्ने वान वेल्ट वान रोडले चीनको व्यापारिक इतिहासलाई शिखरमा पुर्याउने विश्लेषण हुन थालेको छ । अमेरिकी विदेश मन्त्रालयका सहप्रवक्ता राबर्ट पल्लदिनोले जारी गरेको विज्ञप्तिमा इन्डो–प्यासिफिकमा नेपालको भूमिका , पाँच सय मिलियन अमेरिकी डलरको मिलनियम च्यालेन्ज कर्पोरेसन र नागरिक तहको सम्बन्ध विस्तारका विषय उल्लेख छ ।

चीनले नेपाललाई झण्डैं १६ वर्ष पछि वार्ताको लागि अपिल गरेको हो । अमेरिका अफगानस्तानमा शान्ति कायम गर्नको लागि पाकिस्तानले सायेग गरोस भन्ने चाहान्छ । नेपालको काँधमा बन्दुक राखेर चीनतिर गोली हान्ने अमेरिकी रणनीतिको नेपालले कसरी मुल्याङ्कण गर्छ ? त्यो भने चीनले आजको दिनमा हेर्न चाहेको छ ।

प्रकाशित मिति: Dec 21, 2018

प्रतिक्रिया दिनुहोस्