Logo
३० बैशाख २०८१, आईतबार
(December 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सार्वजनिक जग्गा प्लटिङमा बिक्री गरी मुनाफा कमाउनेलाई अदालतबाट फैसला कार्यान्वयन नभए आन्दोलन गरिने

काठमाडौँ : पुनरुत्थानवादी शक्ति नेपालले सर्वोच्च अदालतबाट फैसला कार्यान्वय नभए आन्दोलन गर्ने घोषणा गरेको छ ।

सार्वजनिक जग्गालाई प्लटिङ गरी बिक्री गरी मुनाफा कमाउने समूहलाई सरकारले संरक्षण गरिरहेको र अस्थायी शिक्षकलाई स्थायी गर्ने सरकारी घोषणा कार्यान्वयनमा पनि बेवास्था गरिएको अभियानका प्रमुख नेता तारा बरालको आरोप छ ।

देशमा भइरहेका विभिन्न अनियमिताविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्दै आइरहेको उक्त संस्थाले देशमा सबैभन्दा बढी झापा र चितवनमा सार्वजनिक जग्गालगायत विद्यालय भवनका लागि आएको रकममा घोटाला भइरहेको जनाएको छ ।

प्रकाशित मिति: Dec 21, 2018

प्रतिक्रिया दिनुहोस्