Logo
६ जेष्ठ २०८१, आईतबार
(December 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१५ सयबाट सुरु गरिएको व्यवसायले जीवन फरिदै

लमही : कुनै समय गिट्टी कुटेर जीवन निर्वाह गरिरहेकी दाङ लालमटीयाका दुर्गा सार्कीले व्यवसायलाई निन्तरता दिएका कारण आम्दानी गर्नाका साथै पक्की घरसमेत निर्माण गर्न सफल भएका छन् ।

ग्रामीण महिला उत्थान केन्द्रबाट ऋण लिएर बङ्गुरपालन शुरु गरेपछि दुर्गाको आम्दानीको स्रोत बढ्दै गएकाले पक्की घर निर्माण गर्नुभएको हो । अहिले उहाँसंग ६० वटा बङ्गुर छन् ।

त्यस्तै लमहीको सतवरियाकी गीता चौधरीसँग माइतीले दशैँ तिहारमा टीका लगाएर दिएको रु १हजार ५ सय मात्रै थियो । त्यसपछि उनले लघुवित्तको सहयोग लिएर व्यवसाय शुरु गर्न सकिन्छ भन्ने सल्लाह पाएपछि शुरुमा त्यही रकमबाट घरमा दैनिक चाहिने सलाई, साबुन, कपी, कलमलगायतको व्यवसाय शुरु गरे ।

आम्दानी बढेपछि चौधरीले ग्रामीण लघुवित्तसँग २० हजार ऋण लिएर व्यवसाय विस्तार गर्दै अहिले मनग्य आम्दानी गर्न सफल भएका छन् ।

प्रकाशित मिति: Dec 21, 2018

प्रतिक्रिया दिनुहोस्