Logo
२० बैशाख २०८१, बिहीबार
(December 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतले ‘बाँध’ बनाउन सुरु गरे सँगै नेपालगञ्जका बासिन्दा त्रसित हुँदै

बाँके : भारतको रेलवे र वन विभागसँग कुरा नमिल्दा करिब डेढ वर्षदेखि रोकेको बाँध निर्माणको काम अघि बढाएपछि बाँकेको दक्षिण-पश्चिम भेगका बासिन्दा त्रसित भएका छन् ।

केहि समय अघिदेखि भारतले हिरमिनियाको अगाडि पिप्रहवागाउँबाट पश्चिमको क्षेत्रमा सडकजस्तो बाँध बिस्तार गर्न थालेको हो ।सडकजस्तो बाँधलाई हिरमिनिया पश्चिममा समेत बिस्तार थालेपछि बर्खामा नेपालगञ्ज उपमहानगरपालिका समेत डुबानमा पर्ने संभावना बढेको छ ।

भारतले सडकजस्तो बाँधको आवश्यक ठाउँमा पानीको प्राकृतिक बहावलाई ‘पास’ हुने गरी कल्भर्टसमेत निर्माण गरेको छैन । सडकजस्तो बाँधको निर्माण रोक्न स्थानीय प्रशासनदेखि मुख्यमन्त्री हुँदै केन्द्रसम्म लबिङ्ग गरेका छन् ।

भारतले हिरमिनिया पश्चिममा सडकजस्तो बाँधको काम अघि बढाएकाले अब आउने बर्खामा नेपालगञ्ज शहरसमेत डुबानमा पर्ने सम्भावना धेरै देखिएको छ ।

‘निर्माण रोक्नका लागि हामीले धेरै पहल गरेका हौँ, ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले समेत परराष्ट्रमन्त्रीसँग कुरा गरेर रोक्न पहल गर्छु भन्नुभएको थियो’ तर रोक्न कसैले पनि पहल नगरेको लक्ष्मणपुर बाँध संघर्ष समितिका सचिव राजकुमार शुक्लाले शुक्लाले बताए ।

भारतले आन्तरिक समस्या समाधान हुने बित्तिकै भारतले सडकजस्तो बाँधको काम अघि बढाएको छ । एक हप्तादेखि त्यहाँ धमाधम काम भइरहेको छ । भारतले सन् १९८५ मा राप्ती नदीमा लक्ष्मणपुर बाँध र सन् २००० मा कलकलवा तटबन्ध निर्माण गरेपछि तटीय क्षेत्रका बासिन्दाहरु कटान र डुबानमा परेका थिए ।

राप्ती नदी तथा आसपासका खोलानालाको पानीको प्राकृतिक बहाव रोक्ने गरी भारतले पश्चिमतर्फसमेत सडकजस्तो बाँध निर्माण गरेपछि दक्षिणभेग पूरै डुबानमा पर्ने भएको थियो । भारतले सडकजस्तो बाँध बाँकेखण्डमा मात्रै नभई पूर्व–मेचीहुँदै पश्चिम महाकालीसम्म नै बनाइरहेको छ ।

प्रकाशित मिति: Dec 20, 2018

प्रतिक्रिया दिनुहोस्