Logo
२० बैशाख २०८१, बिहीबार
(December 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘क्रिस्चियन’ हुनुपर्ने विज्ञापन विवादपछि टिच नेपाललाई सम्पूर्ण डकुमेन्ट पेश गर्न निर्देशन

काठमाडौँ : कर्मचारी आवश्यक्ताबारे खोलिएको विज्ञापनमा आवश्यक योग्यता ‘क्रिस्चियन’ हुनुपर्ने कुरा विवादमा तानिएपछि टिच नेपाललाई सम्पूर्ण डकुमेन्ट पेश गर्न प्रशासनले निर्देशन दिएको छ ।

विज्ञापन खुलाएपछि विवादमा तानिएको ललितपुरमा सञ्‍चालित एक गैह्र सरकारी संस्थामाथि छानबिन अगाडि बढाईएको हो । संस्थासँग सम्बन्धित कागजात झिकाइएको हो ।

‘टिच नेपाल’ नामक उक्त संस्थाले केही दिन अघि शिक्षकका लागि आह्ववान गरेको विज्ञापनमा यी योग्यता हुनुपर्ने भन्‍दै विज्ञापन निकालेको थियो ।

उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले छानबिन सुरु गरेको छ । यस विषयमा बुझ्न प्रशासनले मंगलबार संस्थाका अधिकारीलाई बोलाएको थियो । तर कर्मचारी मात्र उपस्थित भएपछि बुधबार संचालक पठाउन निर्देशन दिईएको थियो ।

जिल्ला प्रशासनको निर्देशनपछि बुधबार टिच नेपालका संस्थापक अध्यक्ष डा. महेन्द्र भट्टराई लगायतका पदाधिकारी पुगेका थिए । प्रशासनले बिहीबारसम्म संस्थाका सम्पूर्ण कागजात पेश गर्न निर्देशनसहित उनीहरुलाई तारेखमा छाडेको छ ।

यस्तो थियो विज्ञापन

प्रकाशित मिति: Dec 19, 2018

प्रतिक्रिया दिनुहोस्