Logo
२० बैशाख २०८१, बिहीबार
(December 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिजो नै पठाइएको भनिएको विशाल र प्रदीपको DNA रिर्पोटबारे SP कडायत भन्छन्, ‘प्राप्त भएको छैन’

काठमाडौँ : कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या घटनाको अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेका प्रदीप रावल र विशाल चौधरीको डिएनए परीक्षण सम्पन्न भइसकेको छ ।

त्यसो त रावल र चौधरीबारे पनि थरी-थरीका कुराहरु बाहिर आइरँहदा उक्त डिएनए परीक्षण रिर्पोटको पनि उत्तिकै प्रतिक्षा गरिएको छ ।

जिल्ला सरकारी वकिलको रोहबरमा खोल्ने भनि हिजो (मंगलबार) नै कञ्चनपुर पठाइएको भए पनि हालसम्म उक्त रिपोर्ट कञ्चनपुर नपुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।

नेपाल प्रहरीले मंगलबार काठमाडौँबाट उक्त रिपोर्ट कञ्चनपुर पठाइसकेको जानकारी सञ्चार माध्यमहरुलाई दिएको थियो । ‘डिएनए रिपोर्ट हिजै पठाएको कुरा थियो तर हामीले अहिलेसम्म प्राप्त गरेका छैनौँ,’ कञ्चनपुरका एसपी कुवेर कडायतले भने, आज दिउँसोसम्म प्राप्त हुन्छ कि? अहिले नै केहि भन्न सकिन्न’

यता नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तमराज सुवेदीले पनि ल्याबले हिजै डिएनए रिर्पोट पठाउने जानकारी दिएको बताए । उनले भने, ‘डीएनए रिर्पोट हिजो नै पठाएको कुरा थियो, तर जिल्लाबाट प्राप्त भइसकेको भनेर जानकारी आएको छैन ।’

प्रहरीले कञ्चनपुरका जिल्ला सरकारी वलिकको रोहबरमा मात्रै डिएनए रिर्पोट खोल्ने जनाएको छ । प्रहरी श्रोतलाई जनाउँदै दुवैजनाको डिएनए रिर्पोट नेगेटिभ आएको भन्दै समाचार बाहिर आइसकेको छ ।

प्रकाशित मिति: Dec 19, 2018

प्रतिक्रिया दिनुहोस्