Logo
२२ बैशाख २०८१, शनिबार
(December 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्मला हत्या प्रकरण : घटना अझै रहस्यमय बन्दै, प्रहरीले नै प्रमाण नष्ट गरिदिएको खुुलासा

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका २ की १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका क्रममा प्रमाण नष्ट गर्ने प्रहरीविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता गरिएको छ।

उक्त घटनामा संलग्न भएको आरोपमा कडा यातना दिएरपछि निर्दोष हुँदै छोडिएका दिलीपसिंह विष्टका दाई खड्ग विष्टले समेत यातना दिने प्रहरीविरुद्ध जाहेरी दिएका छन्।

निर्मलाकी आमा दुर्गादेवी पन्तले बर्खास्तीमा परेको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक दिल्लीराज विष्ट, प्रहरी निरीक्षक जगदीश भट्ट, प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर सेठी, केन्द्रीय अनुसन्धान व्यूरो ९सिआइवी० का प्रहरी नायव उपरीक्षक अंगुर जिसीलगायतमाथि प्रमाण नष्ट गरेको भन्दै जाहेरी दर्ता गरेकी हुन्।

प्रकाशित मिति: Dec 18, 2018

प्रतिक्रिया दिनुहोस्