Logo
१८ बैशाख २०८१, मंगलबार
(December 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कलियूग सम्झौँ या प्रकृतिको देन : राति जंगल लगेर १४ वर्षीया किशोरीको बलात्कार

जनकपुरधाम : एक पछि अर्का गर्दै बलात्कार शब्दले जरो गाडेको बेला पून महोत्तरीको बर्दिबासमा एक १४ वर्षीया किशोरी बलात्कारको सिकार भएकी छन् । महोत्तरी बर्दिबास नगरपालिका ४ की किशोरीलाई आइतबार राति एक युवकले जंगलमा लगेको बलात्कार गरेको रहस्य सार्वजनिक भएको हो ।

पीडित किशोरीलाई बयानको आधारमा जबरजस्ती करणी गरेको आरोपमा सोही स्थानका रविशंकर क्याप्छाकी मगरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए ।

पक्राउ परेका मगरलाई जवरजस्ती करणाी मुद्दामा म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गाउँकै स्कुलमा कक्षा ८ मा अध्ययनरत किशोरीको प्रेम सम्बन्ध रहँदै आएकोमा शनिबार साँझ युवकले फकाएर जंगलमा लगेका थिए ।

विवाह गर्ने प्रलोभन फकाएर राति जंगलमा लगेको तथा बलात्कार गरी युवक फरार रहेकोमा स्थानीयले पक्राउ गरी प्रहरीकोमा बुझाएको
छ ।

प्रकाशित मिति: Dec 17, 2018

प्रतिक्रिया दिनुहोस्