पाइपलाइनबाट प्रतिघन्टा २२० किलोलिटर इन्धन
निर्माणाधीन पेट्रोलियम पाइपलाइनबाट प्रतिघन्टा २२० किलोटिर इन्धन आपूर्ति हुने भएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन९आईओसी०को संयुक्त लगानीमा निर्माण भएको पाइपलाइनबाट प्रतिघन्टा २२० किलोलिटरका दरले इन्धन आपूर्ति गरिने भएको हो ।
पाइपलाइनबाट ल्याएको तेल बाराको अमलेखगन्ज डिपोमा भन्डारण गरिने छ । मोतिहारी अमलेखगन्ज पाइपलाइन परियोजनाका संयोजक भानु खनालले मोतिहारीमा डिपो निर्माण भएपछि पाइपलाइनबाट प्रतिघन्टा २२० किलोलिटरका दरले इन्धन आपूर्ति हुने जानकारी दिए ।