६ घण्टाका लागि आइपुगे योगी आदित्यनाथ जनकपुर (फोटोफिचर)
जनकपुर : परापुर्वकालदेखि चल्दै आएको ऐतिहासिक तथा सांस्कृतिक विवाह पञ्चमीमा सहभागी हुन भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आइपुगेका छन् । उनी विशेष विमान मार्फत अयोध्याबाट भगवान रामचन्द्रको जन्ती लिएर आएका हुन् ।
उनलाई पर्यटन मन्त्री रवीन्द्र अधिकारी, प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतसहितले स्वागत गरेका छन् । योगी आदित्यनाथ विवाह पञ्चमीमा सहभागी हुन विशेष अतिथि बनेर आएका हुन् ।
उनले झण्डै ६ घण्टा जनकपुरमा बिताउने छन् । योगी आदित्यनाथले जानकी मन्दिरमा पूजा गर्दै छन्