Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-भारत प्रबुद्ध समूहको प्रतिवेदन किन बुझ्दैनन मोदी ?

काठमाडौं : पाँच महिनाअघि भारत र नेपालका अधिकारीहरुबीचको लामो छलफलपछि तयार गरिएको इपिजी प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अझै बुझेका छैनन ।

प्रतिवेदनप्रति असन्तुष्ट मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले इपिजी टोलीलाई प्रधानमन्त्रीसँग भेटको समय नै मिलाउन दिएका छैनन् ।

१९५० को नेपाल–भारत मैत्री सन्धिबाट भारतभन्दा नेपाल लाभान्वित भएको र अहिले इपिजीको प्रतिवेदनले भारतलाई समस्या तथा नेपाललाई थप लाभ हुने डोभालको निष्कर्ष छ ।

इपिजीको भारत पक्षका संयोजक भगतसिंह कोस्यारीले मोदीसँग भेटघाटको समय मिलाउन कोसिस गरिरहेका छन् । तर, प्रतिवेदन नसच्याए प्रधानमन्त्री मोदीले नबुझ्ने डोभालको भनाइपछि इपिजी अनिर्णयको बन्दी भएको छ ।

नेपाली पक्ष भने मोदीको समय पर्खेर बसेको छ । इपिजीको म्याद गत असारमै सकिएको हो । एकपटक सैद्धान्तिक सहमति भइसकेको प्रतिवेदन सच्याउन सम्भव छैन ।
यसरी मोदी नै प्रतिवेदनप्रति असन्तुष्ट हुँदा ठूलो मेहनत गरे बनाइएको प्रतिवेदनै अस्तित्व बिहीन बनेको छ ।

प्रकाशित मिति: Dec 12, 2018

प्रतिक्रिया दिनुहोस्