Logo
५ जेष्ठ २०८१, शनिबार
(December 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मानवअधिकारको सवालमा स्थानीय सरकारसमक्ष चुनौती

हरिनगरा : मानवअधिकारको सवालमा कनै भेदभाव गर्न नहुने वक्ताहरुले बताएका छन् । वक्ताहरुले मानवअधिकार कुनैपनि जनताको मौलिक अधिकार भएको बताए ।

७० औ अन्तरास्ट्रिय मानवअधिकार दिवसको अवसरमा सुनसरीको हरिनगरामा आयोजित कार्यक्रममा वक्ताहरुले मानवअधिकारको सवालमा स्थानिय सरकार चासो र चनाखो हुनुपर्नेमा जोड दिए ।

एलाइन्स नेपालको आयोजना र राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नम्बर १को कार्यलय बिराटनगर तथा हरिनगर गापाको सहकार्यमा उक्त अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो ।

एलाइन्स नेपालका अध्यक्ष नइम अन्सारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा मानवअधिकार आयोगका प्रदेश प्रमुख मोहनदेव जोशी, गपा अध्यक्ष गफार अन्सरी तथा बिभिन्न वडा अध्यक्षहरु ईलाका प्रहरी प्रमुख भिम बादुर श्रेष्ठ लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

हेर्नुस् फोटोहरु : 

प्रकाशित मिति: Dec 11, 2018

प्रतिक्रिया दिनुहोस्