Logo
५ जेष्ठ २०८१, शनिबार
(December 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जथाभावी फोहोर फाल्नेलाई ५ हजारदेखि १ लाखसम्म जरिवाना, सुराकीलाई पुरस्कार

भरतपुर : भरतपुर महानगरपालिकाले फोहोरमैला व्यवस्था ऐन २०६८ को प्रावधान अनुसार जथाभावी फोहोर फाल्नेलाई ५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने निर्णय गरेको छ ।

जथाभावी रूपमा फोहोर फालेको बारे सूचना दिनेलाई सुराकीलाइ जरिवाना बापतको २५ प्रतिशत पुरस्कार दिने निर्णय समेत भरतपुर महानगरपालिकाले गरेको छ ।

कार्यपालिकाको गत मंसिर ७ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । ‘फोहोरमैला व्यवस्थापनलाइ नियन्त्रणमा लिन भरतपुर महानगरपालिका धेरै कडा बन्दै गएको छ’, महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले भने, ‘फोहोर व्यवस्थापनमा सहयोग गर्नेलाई पुरस्कार र असहयोग गर्नेलाई कारबाही हुन्छ ।’

फोहोरको प्रकृति, परिणाम र पटकेको आधारमा १ लाखसम्म जरिवानाको व्यवस्था गरिएको उनले बताए । यस्तै, नगर कार्यपालिकाको समितीमा हेरफेर समेत गरेको छ । अनुगमन समितीको संयोजक नगरप्रमुख नै रहेकी छन् भने आर्थिक र पूर्वाधार विकास महाशाखाका सदस्य समितीमा थप गरिएको हो ।

सामाजिक विकास समितीतर्फ संयोजक भरतपुर २५ का वडा अध्यक्ष विजय भुजेल नै रहेका छन् भने सदस्यसचिवमा तुलसीप्रसाद श्रेष्ठ रहेकामा उनको स्थानमा कलावती ओझालाई राखिएको छ ।

भरतपुर महानगरपालिकाका प्रवक्ता अरूणपीडित भण्डारीका अनुसार वातावरण तथा विपद् व्यवस्थापन समितिमा वडा ५ का अध्यक्ष पदमपाणी सुवेदी साविककै संयोजक रहेको र सदस्यसचिवमा भने सुशीला रेग्मी लाई हटाएर अञ्जनी अधिकारीलाई राखिएको छ ।

सार्वजनिक सेवा तथा क्षमता विकास समितिको संयोजक २२ नम्बर वडा अध्यक्ष विष्णुराज महतो रहेकोमा साविकको कायम गरिएको छ भने सदस्य सचिवमा रोमबहादुर महतको ठाउँमा अर्जुन पौडेल रहेका छन् ।

सरसफाइ तथा ल्यान्डफिल्ड साइड उपसमिति संयोजकमा वडा ३ अध्यक्ष चन्द्रमित्र पण्डित रहेका छन् भने सदस्यसचिव लीलाराज खरेल लाई हटाएर सुशीला रेग्मीलाई राखिएको प्रवक्ता भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति: Dec 7, 2018

प्रतिक्रिया दिनुहोस्