Logo
२८ बैशाख २०८१, शुक्रबार
(December 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महालक्ष्मी बिकास बैंकको घर जग्गा कर्जा उच्च

काठमाडौं : महालक्ष्मी बिकास बैंकमा खराव कर्जा उच्च देखिएको छ । घरजग्गा क्षेत्रमा अत्याधिक मात्रामा कर्जा प्रवाह गरेकाकारण बैंकमा खराव कर्जाको अनुपात बढेको हो ।

चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा बैंकमा ३ दसलव ३९ प्रतिसत कर्जा खराव देखिएको छ । गत आवको सोही अवधिमा बैैंकमा ३ दसमलव ५५ प्र्रतिसत कर्जा खराव रहेको थियो ।

बैंकले घरजग्गा क्षेत्रमा ठुुलो परिमाणमा कर्जा प्रवाह गरेको र धेरैजसो कर्जामा धितो कमजोर रहेकाकारण पनि खराव कर्जाको अनुपात खासै घटाउन नसकेको हो ।

बैंकले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा १० करोड ५६ लाख २१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा ५ करोड ६३ लाख ४३ हजार रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति: Dec 5, 2018

प्रतिक्रिया दिनुहोस्