Logo
२७ बैशाख २०८१, बिहीबार
(November 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आर्थिक वर्ष शुरु भएको चार महिनापछि बजेट स्वीकृत

काठमाडौँ : नेपाल पर्यटन बोर्डले आव ७५/७६ का लागि करिब रु एक अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । बोर्ड सञ्चालक समितिले आर्थिक वर्ष शुरु भएको करीब चार महीनापछि बजेट स्वीकृत गरेको हो । बजेटले पर्यटन बजार व्यवस्थापन तथा प्रवद्र्धन, जनसम्पर्क एवं प्रचारप्रसारलाई विशेष प्राथमिकता दिएको छ ।

बोर्डका कर्पोरेट सेवा विभागका निर्देशक सन्तोष पन्तका अनुसार प्रवद्र्धनमा रु ३७ करोड ३५ लाख, प्रचारप्रसारमा रु ३२ करोड ५६ लाख ५० हजार बजेट खर्च गरिनेछ ।

त्यसैगरी पर्यटन सम्पदा तथा संशोधन विकासमा रु २४ करोड ३९ लाख ५० हजार, बोर्डको पोखरा कार्यालयका लागि रु ७६ करोड ६५ लाख विनियोजन गरिएको छ । हिमालयन ट्राभल मार्टका लागि रु २० करोड, बुद्धिष्ट ट्राभल मार्टका लागि रु १० करोड, नेपाल भ्रमण वर्ष २०२० को सचिवालयतर्फ रु ५० लाख तथा कार्यकारी समितिको निर्णयबाट गरिने कार्यक्रमममा रु ३ करोड बजेट छुट्याइएको छ ।

बोर्डले गतवर्ष रु १अर्ब ३७ करोड बजेट विनियोजन गरेकोमा बजार प्रवद्र्धनका लागि रु ३३ करोड ८० लाख बजेट छुट्याएको थियो । बोर्ड सञ्चालक समिति सदस्य दीपक महतका अनुसार सञ्चालक समितिभित्रको आन्तरिक विवाद र पर्यटन मन्त्रालयले चाँडो निर्णय नदिँदा बजेट स्वीकृतिमा ढिलाइ भएको थियो । बजेट समयमा पारित नहुँदा बोर्डका कतिपय प्रवद्र्धनात्मक काम सुस्त भएको गुनासो हुँदै आएको थियो

प्रकाशित मिति: Nov 30, 2018

प्रतिक्रिया दिनुहोस्