Logo
२८ बैशाख २०८१, शुक्रबार
(November 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्र बैकको निर्देशिका : भारतबाट पाँच करोड भन्दा बढीको सामान आयात गर्दा LC अनिवार्य

काठमाडौं : अबदेखि भारतीय बजारबाट पाँच करोड रुपैयाँ भन्दा बढीको वस्तुु आयात गर्दा अनिवार्य रुपमा एलसी (प्रतितपत्र) खोल्नुु पर्ने भएको छ । राष्ट्र बैंकले चालुु आर्थिक बर्षको मौद्रिक नीतिको समिक्षा गर्दे उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन बाँणिज्य बैंक तथा बिकास बैंकहरुलाई निर्देशन दिएको हो ।

निर्देशन अनुसार तेस्रो मुलुकबाट अमेरिकी डलर ४० हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा भन्दा बढीको सामान आयात गर्दा अनिवार्य रुपमा प्रतीतपत्रमार्फत् गर्नुपर्ने व्यवस्था रहेकोमा सो सीमा घटाई अमेरिकी डलर ३० हजार कायम गरिएको छ ।

पूूर्वाधार परियोजनाहरुमा भित्रिने विदेशी लगानीलाई यस बैंकमा छुुट्टै कोषमा जम्मा गरी हेजिङ सुुविधा उपलब्ध गराउने व्यवस्थाका लागि नेपाल राष्ट्र बैंक हेजिङ्ग नियमावली, २०७५ को मस्यौदा नेपाल सरकार समक्ष पेश गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

विदेश (भारत बाहेक अन्य मुलुकहरुको) भ्रमणमा जाने नेपाली नागरिकहरुलाई राहदानी वापत प्रत्येक पटक बढीमा अमेरिकी डलर दुुई हजार पाँच सय वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा सटही सुविधा दिइने व्यवस्था रहेकोमा उक्त सुविधा सीमा अमेरिकी डलर एक हजार पाँच सय रुपैयाँ कायम गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार नेपाल सरकारले जारी गरेको ट्राभल डकुमेण्टको आधारमा विदेश भ्रमणमा जानुपर्दा राहदानी सुविधा माग गर्नेहरूलाई स्थलगत मार्ग प्रयोग गरे बढीमा अमेरिकी डलर एक हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा सटही सुविधा दिइने व्यवस्था रहेकोमा उक्त सुविधा सीमा अमेरिकी डलर पाँच सय कायम गरिएको छ ।

प्रकाशित मिति: Nov 28, 2018

प्रतिक्रिया दिनुहोस्