Logo
२८ बैशाख २०८१, शुक्रबार
(November 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सडक विभागद्धारा आयोजनाको ठेक्कामा कडाइ

काठमाडौं : सडक विभागले ठेक्कामा कडाइ गरेको छ । विभागले वार्षिक बजेटमा समावेश भएका बाहेकका सडक आयोजनाका लागि सडक विभागले ठेक्का नै नलगाउने भएको हो ।

समयमा सम्पन्न हुन नसकेका पुराना आयोजनाको संख्या धेरै हुँदा पनि नयाँ आयोजना थपिने क्रमले आयोजनाहरू लथालिंग भएपछि विभागले यस्तो निर्णय गरेको विभागका रविन्द्रनाथ श्रेष्ठले बताए ।

चालू आर्थिक वर्ष (आव) २०७५/७६ मा सरकारले पनि नयाँ कार्यक्रमको स्वीकृति नदिएको विभाग बताउँछ । विगतका वर्षहरूमा जथाभाबी आयोजना थप्दै र ठेक्का लगाउँदै जाने प्रवृत्तिले पुरानै र स्वीकृत आयोजना सम्पन्न गर्न समस्या भएको विभागको भनाइ छ ।

तसर्थ चालू आवमा रातो किताबमा उल्लेख भएका आयोजना बाहेकमा ठेक्का नदिने निर्णयमा पुगेको विभाग बताउँछ । विभागका प्रवक्ता मुक्ति गौतमका अनुसार अहिले ७० वटाभन्दा बढी आयोजना विभागअन्तर्गतका छन् ।

प्रकाशित मिति: Nov 28, 2018

प्रतिक्रिया दिनुहोस्