Logo
२८ बैशाख २०८१, शुक्रबार
(November 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एडिबीद्वारा १६ अर्ब ९२ करोड विकास सहायता

काठमाडौं : एशियाली विकास बैङ्कले नेपाल सरकारलाई दुईवटा परियोजना कार्यान्वयन गर्न करीब रु १६ अर्ब ९२ करोड विकास सहायता उपलब्ध गराउने भएको छ ।

बैङ्कले दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहायता (सासेक)अन्तर्गतको शहरी खानेपानी आपूर्ति र सरसफाई परियोजनाका लागि १३ करोड अमेरिकी डलर र ऊर्जा प्रणाली विस्तार परियोजनाका लागि दुई करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको हो ।

विकास सहायतासम्बन्धी समझदारीपत्रमा अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बैङ्कका देशीय निर्देशक मुख्तोर खामुदखानोभ र अर्थसचिव डा राजन खनालले हस्ताक्षर गरे ।

साकेस शहरी खानेपानी तथा सरसफाई परियोजनाअन्तर्गत २० वटा नगरपालिकामा खानेपानी तथा सरसफाईसम्बन्धी पूर्वाधर सुधार गर्ने र खानेपानी सरसफाई क्षेत्रमा काम गर्ने संस्था तथा समुदायको क्षमता अभिवृद्धि गरिनेछ ।

प्रकाशित मिति: Nov 27, 2018

प्रतिक्रिया दिनुहोस्