Logo
२८ बैशाख २०८१, शुक्रबार
(November 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१४ आयोजनामा अख्तियार पस्यो, अनुसन्धान शुरु

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ आयोजनाको अनुसन्धान थालेको छ । ठेक्का लिएर लामो समय अलपत्र पुल, सडक, सिँचाइ आयोजना, भवनको विस्तृत अनुसन्धान थालेको हो ।

ठेक्का अवधि सकिएका, बारम्बार म्याद थप्ने, ठेकेदार सम्पर्क्विहीन रहेका अलपत्र आयोजना अख्तियारले अनुसन्धान दायरामा पारेको छ ।

हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तरदक्षिण राजमार्गका पुल र सडकखण्डको विस्तृत अनुसन्धान गरिरहेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

उसले १४ पुल, सडकको अनुसन्धान गरिरहेको छ भने स्वास्थ्यका भवन, भवन विभागअन्तर्गत निर्माणाधीन भवन, सडक विभागले बनाएका पुल तथा सडक, सिँचाइ आयोजना, नदी नियन्त्रण आयोजनाको विस्तृत अध्ययन गर्ने तयारी गरेको छ ।

विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याइने र कारबाही अघि बढाइने अख्तियारको भनाई छ ।

प्रकाशित मिति: Nov 26, 2018

प्रतिक्रिया दिनुहोस्