Logo
१६ बैशाख २०८१, आईतबार
(November 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साइबर सुरक्षा सम्मेलन ‘थ्रेट कन’ २०१८ काठमाडौंमा सुरु

काठमाडौं : साइबर सुरक्षा सम्मेलन ‘थ्रेट कन’ २०१८ काठमाडौंमा सुरु भएको छ ।

एसआईसीटी नेपाल र साइबर सुरक्षामा काम गर्दै आएको थ्रेट निक्सको आयोजनामा सुरु भएको सम्मेलनलाई विश्वमै प्रसिद्ध ‘ब्ल्याक ह्याट र डीईएफ कन’को नेपालको समकालीन सम्मेलनका रुपमा लिइएको छ ।

साइबर सुरक्षाको परम्परागत मान्यतालाई विस्थापित गर्दै यसमा व्यापक परिवर्तनको उद्देश्यसहित ‘थ्रेट कन’ आयोजना गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।

सम्मेलनको पहिलो दिन २ वर्कसप सञ्चालन भएको थियो ।  जसमा प्रतिक तिवारीले  ‘बग बाउन्टि वर्कसप र जिम म्यानिकोले सेक्युर कोडिङ’ शिर्षकमा आफ्नो प्रस्तुति दिए । सम्मेलनमा क्यान महासंघ, इन्टरनेट सोसाइटी नेपाल च्याप्टर, एनपिक्स लगायतको सहकार्य रहेको छ ।

प्रकाशित मिति: Nov 23, 2018

प्रतिक्रिया दिनुहोस्