Logo
२ जेष्ठ २०८१, बुधबार
(November 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हुसेनको हत्या विरुद्ध सुनसरीमा जारी प्रर्दशन स्थगित, ५ मध्ये ४ माग पुरा, भोली अन्तिम संस्कार

मंगलबार बिहान प्रदेश नम्बर १ स्थित सुनसरीको दुहबीमा भएको फिदा हुसेनको हत्या विरुद्ध जारी प्रर्दशन स्थगित भएको छ । भने राज्यले ५ मध्ये ४ ओटा माग पुरा गरेको छ ।

स्थानिय प्रसाशन र आन्दोलित पक्षबीच भएको सहमति अनुसार ५ मध्ये ४ माग पुरा भएको प्रतिनिधिसभा सदस्य सिताराम मेहताले बताए ।

गृहमन्त्रीको राजिनामा बाहेक सबै माग पुरा भएको छ उनले भने अब शवलाई पोष्टमाटमका विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्थान धरान लगिने छ ।

हुसेनको हत्या घटनापछि स्थानीयले हत्यारा पक्राउ गर्नुपर्ने, शहिद घोषणा गर्नुपर्ने, क्षतिपूर्ति पाउनुपर्ने लगायतका माग राख्दै सुनरीको बिभन्न स्थानमा सडक अवरुद्ध गरेका थिए । उक्त सहमती पछि अवरुद्ध सडकहरु खोलिएको छ ।

आन्दोलन स्थगित भएको छ । रोकिएका बिभिन्न सवारी साधनहरु पूर्ण रुपले सुचारु भएको छ । मृकत हुसेनको शवलाई शुक्रवार १० बजे अन्तिम संस्कार गरिनेछ ।

प्रकाशित मिति: Nov 22, 2018

प्रतिक्रिया दिनुहोस्