Logo
१९ बैशाख २०८१, बुधबार
(November 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतसहित १० नियोगका लागि राजदुत सिफारिस गरिदै

काठमाडौं : भारतसहित १० कुटनीतिक नियोगका लागि सरकरले चाँडै राजदुत सिफारिस गर्ने भएको छ ।

रिक्त रहेका चार र चाँडै रिक्त हुन लागेका ६ कुटनीतिक नियोगमा कात्तिकभित्रै राजदुतका लागि सिफारिस गर्ने सरकारले तयारी गरेको हो ।
हाल भारत, न्युयोर्कस्थित संयुक्त राष्ट्रसघीय स्थायी नियोग, मलेसिया र युनाइटेड अरब इमिरेट्समा राजदुत खाली छन् । थप पाँच मुलुक र जेनेभास्थित स्थायी नियोगमा राजदुतको म्याद सकिँदै छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी २ मसिरमा जापान भ्रमणमा जानुअघि नै राजदुत सिफरिसका लागि गृहकार्य भईरहेको स्रोतले बतायो ।

प्रकाशित मिति: Nov 4, 2018

प्रतिक्रिया दिनुहोस्