Logo
१९ बैशाख २०८१, बुधबार
(November 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस नेता विष्णु धिताल भन्छन्,–कम्युनिष्ट सरकार तानाशाही भयो !

काठमाडौं  : नेपाली कांग्रेसका युवा नेता विष्णुप्रसाद धितालले कम्युनिष्ट सरकार तानाशाही भएको बताएका छन् ।

नेपाली कांग्रेस, लमजुङ, दुधपोखरी गाउँपालिका–१ वडा समितिको आयोजना भएको एक कार्यक्रममा बोल्दै नेता धितालले शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णयहरु वर्तमान सरकारले उल्टानु गलत भएको बताए । उनले भने,‘कम्युनिष्टहरु तानाशाही भएर मुठभेड निम्ताउन खोजेका छन्, यसको प्रतिरोध कांग्रेसले गरेरै छाड्छ ।’

कम्युनिष्ट सरकार छिमेकी मुलुक भारत र चीनसामु लम्पसार परेको उनको ठम्याई छ । प्रजातान्त्रिक मूल्य र मान्यतालाई कुल्चिएर चालेको निरकुश कदम नेपाली कांग्रेसलाई कुनै पनि हालतमा मान्य नहुने नेता धितालको भनाई छ ।

उनका अनुसार संविधान जारी देखी तीनवटै निर्वाचन सफल गराउन सफल भएको कांग्रेसको अगाडी कम्युनिष्ट सरकारले जनतालाई करैकरको भारी बोकाएर आहात तुल्याए छ । सरकारको पछिल्ला कदमहरुले संघियता समेत खतरामा पर्न सक्ने नेता धितालको ठम्याई छ ।

प्रकाशित मिति: Nov 1, 2018

प्रतिक्रिया दिनुहोस्