Logo
२० बैशाख २०८१, बिहीबार
(October 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक लाख घुससहित टोखा नगपालिकाका कार्यकारी अधिकृत रंगेहात पक्राउ

काठमाडौ– अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले टोखा नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सुवेदीलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ।

आयोगको टोलीले सुवेदीलाई १ लाख रूपैयाँसहित नियन्त्रणमा लिएको हो। अधिकृत सुवेदीले उपभोक्ता समूहमार्फत निर्माण भएको बाटोको भुक्तानी दिनका लागि घुस मागेका थिए। 

समितिसँग घुस लिँदै गर्दा आयोगको टंगालबाट खटिएको टोलीले पक्राउ गरेको हो।

प्रकाशित मिति: Oct 14, 2018

प्रतिक्रिया दिनुहोस्