Logo
२२ बैशाख २०८१, शनिबार
(October 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उद्योग वाणिज्य सङ्घको अध्यक्षमा अशोकलाल अमात्य निर्वाचित

लहान : जिल्ला उद्योग वाणिज्य सङ्घ लहान सिरहाको अध्यक्षमा अशोकलाल अमात्य निर्वाचित भएका छन् । सङ्घको नयाँ नेतृत्वका लागि गत आइतबार सम्पन्न निर्वाचनको आज बिहान सकिएको मतगणना परिणामअनुसार सङ्घमा अमात्यको प्यानलै विजयी भएको छ ।

सङ्घको प्रथम उपाध्यक्षमा दीपक नायक, द्वितीय उपाध्यक्षमा प्रमेश्वर साह, महासचिवमा अब्दूल करिम, कोषाध्यक्षमा विकाश शारडा, सचिवमा सरोजकुमार महतो निर्वाचित भएका छन् ।त्यसै सङ्घको सात खुला सदस्यमा नागेश्वर चौधरी, रामभजन पञ्जियार, प्रदीपकुमार गुप्ता, राम उदगार महतो ८६५, चन्देश्वर यादव ८४५, रञ्जीतकुमार चिरानियाँ र रवीन्द्र प्रसाद चौधरी विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

महिला सदस्यमा रीतादेवी यादव र सुशीलाकुमारी महतो निर्वाचित भएका निर्वाचन अधिकृत परशुराम निरौलाले जानकारी दिए । कूल दुई हजार २८७ मतदाता रहेको सङ्घको गत आइतबार भएको निर्वाचनमा एक हजार ७३१ मत खसेको थियो ।

प्रकाशित मिति: Oct 9, 2018

प्रतिक्रिया दिनुहोस्