Logo
४ जेष्ठ २०८१, शुक्रबार
(October 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘कौन बनेगा करोडपती’ जस्तै त्यसको नेपाली संस्करण ‘को बन्छ करोडपति’ को औपचारिक घोषणा

काठमाडौं : विश्‍व विख्यात टेलिभिजन रियालिटी शो ‘हू वान्ट्स टू बी ए मिलेनियर’ को भारतीय संस्करण ‘कौन बनेगा करोडपती’ जस्तै त्यस्को नेपाली संस्करण ‘को बन्छ करोडपति’ को औपचारिक घोषणा गरिएको छ । यसको प्रमुख प्रायोजकको औपचारिक घोषणा बिहीबार काठमाडौँमा विशेष कार्यक्रम गरी भएको छ ।

‘को बन्छ करोडपति’ नाम दिइएको टेलिभिजन शोलाई ‘कोकाकोला’ले प्रमुख प्रायोजन गरेको छ।यो शो अभिनेता राजेश हमालले सञ्‍चाचलन गर्ने छन् । आउँदो नोभेम्बरदेखि को बन्छ करोडपछिको प्रशारण सुरु हुनेछ ।

डेविड ब्रिक्स, माइक ह्वाइटहिल र स्टिभन नाइटले सुरु गरेको ‘हू वान्ट्स टू बी ए मिलेनियर’ को संस्करण प्रशारणमा ल्याउने नेपाल १६१औँ देश हो ।

यो शो पहिलोपटक सन् १९९८ को सेप्टेक्बर ४ मा बेलायतबाट सुरु भएको थियो । यसलाई एसआरविएन मिडियाले नेपाल भित्र्याएको हो । भारतका अमिताभ बच्चनले होस्ट गर्ने यो ‘सो’ लाई नेपालमा राजेश हमालले गर्नेछन् ।

प्रकाशित मिति: Oct 4, 2018

प्रतिक्रिया दिनुहोस्