Logo
१६ बैशाख २०८१, आईतबार
(October 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेसको माग वमोजिम संविधान संशोधन नभए ग्रह-दशा लाग्छ : राजेन्द्र महतो

राजविराज : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले छठ सकिए लगत्तै आफ्नो पार्टीले संघर्ष गर्ने चेतावनी दिएका छन् ।

राजविराजस्थित एक होटलमा बुधबार आयोजित पत्रकार भेटघाटमा महतोले मधेसी, आदिवासी, जनजाति तथा सीमान्तकृत वर्गको माग र भावना समेटेर संविधान संशोधन नभए छठपछि औपचारिक र आधिकारिक रुपले पार्टी संघर्षमा उत्रिने चेतावनी दिए ।

महतोले भने, ‘मधेसको माग वमोजिम संविधान संशोधन नभए संविधानलाई ग्रह दशा लाग्छ ।’

साथै उनले आफूहरु संघर्षमा गएपछि सरकारसँग अहिलेसम्म रहेको मित्रता पनि टुट्ने बताए । ‘हाम्रो तर्फबाट मित्रता कायम रहोस् भन्ने चाहना छ सरकारकै कारणले संघर्षमा जानु परे समर्थन फिर्ता हुने र मित्रता पनि टुट्ने छ,’ उनले भने । आगामी सोमबार सबै जिल्ला प्रशासन कार्यालय र सिधै प्रधानमन्त्री कार्यालयमार्फत सरकारलाई चेतावनीस्वरुप स्मरणपत्र दिने उनले बताए ।

संविधान संशोधन, रेशम चौधरीको सपथ ग्रहण, झुठा मुद्दा लगाएर जेलमा राखिएका आन्दोलनकारीको मुद्दा फिर्ता लगायत विषयमा सरकार संवेदनशील नभए सडक तथा सदन दुवै ठाउँबाट सरकार विरुद्ध संघर्ष चर्काउने महतोको चेतावनी छ।

प्रकाशित मिति: Oct 3, 2018

प्रतिक्रिया दिनुहोस्