Logo
१६ बैशाख २०८१, आईतबार
(October 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्मलाको हत्या विषयलाई अनावश्यक रुपमा राजनीतिकरण गर्न खोजियो : गृहमन्त्री

काठमाडाैं : गृहमन्त्री रामबहादुर थापाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको विषयलाई अनावश्यक रुपमा राजनीतिकरण गर्न खोजिएको बताएका छन् । बुधबार भरतपुर विमानस्थलमा स्थानीय संचारकर्मीमाझ उनले सो घटनाका दोषीलाई कानुनी कार्वाही गर्न अझै केही समय लाग्ने पनि बताए ।

गृहमन्त्री थापाले सरकारले सो घटनाका सम्बन्धमा छानविन गरिरहँदा पनि त्यसलाई उचालेर राजनीतिक रुप दिन खोजिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

‘कयौं अपराधका घटनामा संलग्नहरु १३ वर्षपछि पनि कठघरामा आएका छन, गृहमन्त्री थापाले भने, ‘सरकारले चाहँदाचाहँदै पनि टाईम लाग्न सक्छ ।’ गृहमन्त्री थापाले बलात्कार, हत्यालगायतका जघन्य अपराधका ९० प्रतिशत भन्दा बढि घटनाका दोषीलाई सरकारले कार्वाही गरेको र निर्मला प्रकरणका दोषीलाई पनि छिट्टै कानुनको कठघरामा उभ्याउने प्रतिवद्धता पनि दोहोर्याए ।

गृहमन्त्री थापाले सरकारले मुलुकको समृद्धिका लागि महत्वपूर्ण आधारहरु तयार पारेको दावी गरे । उनले भारत र चीनसँग मुलुकको समृद्धिका लागि सरकारले महत्वपूर्ण समझदारी गरेको बताए ।

त्यसैगरी सरकारले मुलुकलाई समृद्ध बनाउन आवश्यक कानुनहरुको निर्माण गर्ने, स्थानीय तह र प्रदेश तहको संरचना पनि तयार गरेको गृहमन्त्री थापाको दावी छ । गृहमन्त्री थापाले भारतसँग गरिएको समझदारी अनुसार नेपालमा छिट्टै रेल सेवा पनि संचालनमा आउने दावी गरे ।

प्रकाशित मिति: Oct 3, 2018

प्रतिक्रिया दिनुहोस्