Logo
३ जेष्ठ २०८१, बिहीबार
(October 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-भारतको प्रत्येक नाकामा सुरक्षा ब्यवस्था कडा, आवतजावत गर्नेहरुको अभिलेख राखिदै

सुनसरी : सिमा सुरक्षाबारे बिभिन्न प्रशन उठी रहेका बेला सुनसरी स्थित सिमावर्ती क्षेत्रमा सुरक्षा ब्यवस्था कडा पारिएको छ । नेपाल भारतको प्रत्येक सिमा नाकामा सुरक्षाकर्मी तैनाथ भएका छन् भने आवतजावत गर्ने जोकोहीको पनि नाम-ठेगाना लेखेर राखिने गरिएको छ । हरिनगर गाँउपालिका अन्तरगत रामनगर भुटाहामा केहि दिन अघी दिनदहाडै गोलीकाण्ड भएपछि सिमा सुरक्षा बलले सिमामा तैनाथी बढाएको हो ।

सुनसरीको घुस्की नाकाको कमाण्ड सम्हाली रहेका प्रहरी निरिक्षक दिलकुमार पन्तले दुई देशको सम्बन्धमा कुनै असर नपार्ने गरी सुरक्षा ब्यवस्था कडा बनाइएको बताए । ‘अपराधी मनसाय भएकाहरुलाई त तनाव हुने नै भए’ उनले भने -‘तर आम नागरिकलाई हामिले कुनै खालको समस्या परिरहेका छैनौं’ । दैनिक रुपमा आवत जावत गर्ने सवारी साधनको नम्बरदेखि प्रायः सबै ब्यक्तिहरुमाथी हामिले नजर राखेका हुन्छौं’ पन्तले भने ‘कुनै आपराधिक किसिमको मनसाय भएका ब्यक्ती देखिए हामि तुरन्तर सबै नाकामा जानकारी गर्ने गरेका छौं ।’

पहिल्लो केहि वर्षदेखि सिमाको खासगरी सडक क्षेत्रमा दुवै देशका सुरक्षाकर्मी देखिएपनि ग्रामिण क्षेत्रमा समेत प्रत्येक नाकामा चेक जाँच पोइन्ट नै राखेर यसरी सुरक्षा ब्यवस्थालाई मजबुत गरिएको पहिलो पटक हो । आम नागरिकको सुरक्षाको हिसावले यो कार्य अत्ति नै उत्तम कार्य भएको स्थानिय मानवअधिकारकर्मी नइम अन्सारीले बताए । ‘भारतसँग हाम्रो रोटी-बेटीको सम्बन्ध छ, नातागोता छ, कसैको कोही जन्मिदा पनि जानुपर्छ कोही मर्दा पनि, जत्तिबेला जान मन लागेका बेला जान आउन सक्छौं’ भुटाहा निवासी उनले भने- ‘तर केहि आपराधिक गिरोह वा ब्यत्तिहरुका कारण आम नागरिकलाई समेत केहि समस्या पर्ने गरिएको छ’ ।

सुनसरीको दक्षिणी भेग स्थित उल्टी, शिशुवा, घुस्की, घुरणा, फुलकाहा लगायतका नाकामा शसस्त्र प्रहरीले सुरक्षा चकपेष्ट राखेका छन् भने आवत जावत गर्नेको सबै किसमको विवरणहरु टिपोर्ट गर्ने गरिएको छ । ‘सुरक्षा ब्यवस्थाको राम्रो प्रवन्ध हुन अत्ति नै राम्रो कार्य हो’ उनले भने ‘शसस्त्र प्रहरीको ब्यवहार पनि आम नागरिक प्रति एकदम राम्रो रहेको छ । आपराधिकहरुलाई त समास्या हुने स्वाभिक नै हो ।’

हरिनगर गाँउपालिकाका अध्यक्ष गफार अन्सारीले सिमा नाकामा तैनाथ सुरक्षाकर्मीलाई नागरिक स्तरबाट समेत निकै सहयोग भइरहेको बताए । ‘हामि स्थानिय तहले त सबै किसिमको सहयोग गरि नै रहेका छौं तर आम जनताले समेत सुरक्षाकर्मीलाई निकै सहयोग गरिरहेका छन् । भने प्रत्येक नाकामा सुरक्षा पोष्ट बनेपछि चोरी डकैतीको घटनामा समेत कमी आएको उनले बताए ।

‘पक्कै पनि एक निहत्था नेपाली जनताको हत्याले मुलुकको सुरक्षा संवेदनशीलतामाथि प्रश्न उठाएको छ ।’ अन्सारीले भने ‘हाम्रो सीमावर्ती क्षेत्र सुरक्षाको हिसाबमा अति नै कमजोर बन्दै गएको यसले पुष्टि गर्छ । तर अब त्यस्तो हुने छैन’

प्रकाशित मिति: Oct 3, 2018

प्रतिक्रिया दिनुहोस्