Logo
४ जेष्ठ २०८१, शुक्रबार
(October 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनता बैंकले ल्यायो अनलाइन सुबिधा, आम नागरिकसम्म सजिलै बैंकिङ्ग पहुच

काठमाडौं : सूचना प्रविधि मार्फत सहज र सुलभ रुपमा आम नागरिकसम्म सजिलै बैंकिङ्ग पहुच पु¥याउने उद्देश्यले जनता बैंक नेपाल लिमिटेडले अन लाइनबाट खाता खोल्ने सुविधा संचालनमा ल्याएको छ । जनता बैंकको बेभ साइट www.janatabank.com.np मा लग अन गरी स्वदेश तथा बिदेशको कुनै पनि स्थानबाट जनता बैंकको देश भरी रहेका १२३ ओटै शाखामा खाता खोल्न सकिने छ ।

यस सुविधाबाट देशको कुनै पनि भौगोलिक दुरीमा अथवा विदेशमा रहेका नेपालीहरुले सजिलै जनता बैंकको सेवा प्राप्त गर्न सक्ने विश्वास लिइएको छ । यो सेवा हाल व्यक्तिगत खाता खोल्नको लागि मात्र प्रयोग गर्न सकिने छ । अनलाइनबाट खाता खोले पश्चात ग्राहकको खाता नं। र आवश्यक जानकारी ब्यक्तिगत इमेलमा पठाइने छ ।

यस विधिबाट खोलिएको खातामा प्रचलित कानुन बमोजिम तुरुन्तै कारोवार संचालन गर्न सकिने छ भने चेक प्राप्त गर्न तथा खाताबाट रकम ट्रान्सफर गर्नको लागि एक पटक ग्राहकले सम्बन्धित शाखामा सम्पर्क गरी फाराममा हस्ताक्षर गर्नु पर्नेछ ।

प्रकाशित मिति: Oct 1, 2018

प्रतिक्रिया दिनुहोस्